काठमाण्डु सबैभन्दा बढी डेंगु सङ्क्रमित
काठमाण्डु टुडे
२०८१ असार २० गते १२:४० मा प्रकाशित
काठमाण्डु, २० असार– काठमाण्डु जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित फेला परेका छन । काठमाण्डु जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाण्डु जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांकमा उल्लेख गरीएको छ ।
यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू जानकारी दिएका छन ।
देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ । ईडीसीडीका अनुसार गत साता ९जुन २३ गते० मा १२ सय ६८ जनामा देखिएको डेंगु (जुलाई ३ गते ) १४ सय ३२ जनामा पुष्टि भएको छ ।