आईसीसी टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया आउट

काठमाण्डु टुडे २०८१ असार १२ गते ११:१३ मा प्रकाशित

एजेन्सी– आईसीसी टी–२० विश्वकप २०२४ सुपर–८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी हुन सफल भएको हो ।

बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउन सफल भएका थिए । अन्य चलेनन् । यस्तै अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४–४ र फजलहक फारुकी र गुलबदिन नाबी एकरएक विकेट लिन सफल भएका थिए ।

यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको गुमाउदै ११५ रन बनाउन सफल भएको थियो ।

अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन बनाउन सफल भएका थिए । बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एकरएक विकेट लिएका थिए ।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर–८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुग्न सफल भएका हुन । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us