कोपा अमेरिकाः बराबरीमा रोकियो कोस्टारिका र ब्राजिल

काठमाण्डु टुडे २०८१ असार १२ गते १०:२४ मा प्रकाशित

एजेन्सी– कोपा अमेरिकामा उपाधिको दाबेदार मानिएको ब्राजिलले निराश सुरुवात गरेको छ । ब्राजिल आफ्नो पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको छ ।

खेल अवधि भर बलमा नियन्त्रण राखे पनि टोलीले गोल भने गर्न नसकेको हो । भिनिसियस जुनियर र रोड्रिगोजस्ता स्टार खेलाडीहरूले खासै कमाल देखाउन सकेनन् ।

ब्राजिल प्रतियोगिताको समूह डीमा रहेको छ । यो समूहको शीर्ष स्थानमा ३ अङ्कसहित कोलम्बिया रहेको छ । कोलम्बियाले पहिलो खेलमा पाराग्वेलाई हराएको थियो । बराबरीपछि ब्राजिल र कोस्टारिकाको एक–एक अङ्क बाडेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us