
काठमाण्डु, ८ असार– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली तीन खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्न भएका हुन ।
क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एउटै टोलीमा रहेका छन । उनीहरूलाई भ्यानकुभर नाइट्सले आबद्ध गरेको समाचारमा उल्लेख गरीएको छ ।
कप्तान रोहित पौडेल भने टोरन्टो नेशल्समा आबद्ध हुने भएका छन । सन्दीप र दीपेन्द्रले यसअघि पनि क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका खेलाडी हुन ।
सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो ।
कप्तान रोहितले भने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्ने तयारी गरेका हुन । यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुदैँ छ ।