
एजेन्सी– अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आज शुक्रबार बिहान भएको ४८ औँ कोपा अमेरिकाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा निकालेको हो ।
खेलको ४९ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।
खेलको ८८ औँ मिनेटमा अल्भारेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो ।
त्यसपछि बाँकी समयमा दुवै टिमबाट गोल नभएपछि अन्ततः अर्जेन्टिनाले २–० को जित पक्का गर्न सफल भयो । जितपछि समूह ए मा अर्जेन्टिनाले महत्त्वपूर्ण ३ अङ्क हासिल गर्न सफल भएको थियो ।