
काठमाण्डु, २२ जेठ–आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गर्न सफल भएको छ ।
सोमबार न्युयोर्कमा भएको खेलमा श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्न सफल भएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले नटआउट १९ रन बनाउन सफल भएका थिए । त्यसअघि ओपनर क्वान्टन डि ककले २० रन बनाएका थिए ।
बलिङमा श्रीलंकाका हसरंगाले २ विकेट लिन सफल भएका थिए । त्यसअघि अमेरिकाको न्युयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरम ७७ रनमै अलआउट भएको हो ।
श्रीलंकाका लागि ओपनिङ ब्याटर कुशल मेन्डिसले १९ रन जोड्दा किमिन्दु मेन्डिसले ११ रन र एन्जेलो म्याथ्युजले १६ रन मात्र बनाउन सफल भएका थिए । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन्न ।
बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिन सफल भएका थिए । उनले ४ ओभरमा ७ रन मात्र खर्चिए। कागिसो रबडा र केशव महाराजले २–२ विकेट लिएका थिए । समूह ‘डी’ मा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन्।