सरकारले घोषणा गर्‍यो ‘कृषिमा लगानी दशक’

काठमाण्डु टुडे २०८१ जेठ १ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, १ जेठ– सरकारले आगामी आर्थिक वर्ष ०८१ ०८२ मा रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ ।

आज (मंगलबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले आगामी वर्षमा रोजगारी र उत्पादकत्वलाई प्राथमिकतामा राखेको बताएका छन ।

उनले उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र रोजगारी सृजना गर्न तीनै तहका सरकारबिच साझेदारी कार्यक्रम सञ्चालन गर्ने पनि बताएका छन ।

यसबाहेक विभिन्न क्षेत्रमा रहेका उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई एकीकृत बनाइने उनले बताएका छन । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, बजारीकरणलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने छ भने कृषि पशुपन्छीपालन र वनको अन्तरसम्बन्धता स्पष्ट पार्नेगरी भू–उपयोगमा आधारित कृषिमा आधारित अर्थतन्त्र विकास गर्ने सरकारको योजना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us