नेपाललाई छैटौं सफलता, कुशलले लिए लगातार दुई विकेट

काठमाण्डु टुडे २०८० फागुन १९ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँगको खेलमा छैटौं सफलता हात पारेको छ । ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनल कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाउन सफल भएका हुन ।

मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराए भने छैटौं बलमा आर्यन दत्तलाई आउट गराएका हुन् । यसअघि करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।

त्यसपछि ८औं पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us