पहिलो ओभरमै करण केसीले लिए नेदरल्याण्ड्सको २ विकेट

काठमाण्डु टुडे २०८० फागुन १९ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँगको खेलमा पहिलो ओभरमै २ लिन सफल भएको छ । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिन सफल भएको हो ।

करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिन सफल भएका हुन । चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।

यसअघिको खेलमा नेपाललले नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । यो खेल जितेमा सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सहज हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us