नेपालले नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गर्दै

काठमाण्डु टुडे २०८० फागुन १९ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग टस हारेर फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गरीरहेको छ । नेपालले टोलीमा एक परिवर्तन गरेको छ ।

अनिल शाह आजको खेलमा बाहिर छन् भने कुशल भूर्तेललाई खेलाइएको भएको छ । नेपालले टोलीमा अन्य कुनै परिवर्तन गरेको छैन । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने दबाब रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ ।

नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक प्रप्त हुने छ । आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ ।

नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us