
काठमाण्डु, १८ फागुन– त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आज शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो ।
जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवाश्यक रहेको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिएका थिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले ।
उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।
आरिफ ३१ रनमा आउट भए । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।