
काठमाण्डु, १८ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।
व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका थिए ।
उनी आउट हुँदा नामिबियाको स्कोर ५० रन मात्रै बनाएको छ । १.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका थिए भने करण केसीले ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गरेका थिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।