नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाण्डु टुडे २०८० फागुन १८ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक बनाउन सफल भएका छन ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक पुरा गरेका हुन । आरिफ शेखसँग फराकिलो साझेदारी गर्ने क्रममा अर्धशतक गरेका हुन् ।

७.२ ओभरमा ४ विकेट गुमाएर ६४ रन मात्रै जोडेको नेपालका लागि मल्ल र शेखले १६. १ ओभरमा ८४ रनको साझेदारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us