
काठमाण्डु, १८ फागुन–त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध ३ बल भित्र नेपालले २ विकेट गुमाएको छ ।
यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गुमाइ सकेको छ । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका हुन ।
त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भएका थिए । गुल्शन आउट हुँदा नेपालको स्कोर ६४ रन बनाउ सफल भएका थिए ।
यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा रहेका थिए ।