
काठमाण्डु, १६ फागुन– हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको प्रहरीले जानकारी दिएको छ ।
झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको गरीएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।
उपत्यकामा गैरकानूनी रुपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा १४ फागुनमा खटिएको टोलीले उनलाई पक्राउ गरेको उनले जानकारी दिएका छन ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ ।