
काठमाण्डु, २९ माघ– क्यानडाले अन्तिम एक दिवसीय क्रिकेटको तेस्रो खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान जारी खेलेमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष दिएको हो ।
पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका थिए । नेपालले अबको केहीबेरमा ब्याटिङ गर्ने छ ।