
काठमाण्डु, २७ माघ– नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएर आउट भएका हुन ।
उनी बिसौं बलमा भने आउट हुन पुगे । यो सँगै अनिल विश्व कीर्तिमान बनाउनबाट भने आउट भएका हुन । ओडीआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् । अनिल १३ बलमा ७ चौका र २ छक्कासहित ४३ रन बनाउ सफल भएका थिए ।
तर छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन । नेपालका लागि भने कीर्तिमान बनाएका छन् ।
१९ बलमा अर्धशतक नेपालबाट भने सर्वाधिक छिटो ओडीआई अर्धशतक हो । उनले आसिफ शेखको २१ बलमा गतवर्ष पपुवा न्युगिनीविरुद्ध बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन् । अनिल २० बलमा ७ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।