क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिए

काठमाण्डु टुडे २०८० माघ २७ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, २७ माघ– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले छैटौँ विकेट गुमाएको छ । क्यानडाको छैटौँ विकेट नेपालका कुशल मल्लले लिएका हुन् ।

काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ३८।४ ओभरमा दिलप्रित आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाउन सफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us