
काठमाण्डु, २५ माघ– पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले हराएको हो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता कायम गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाउन सफल भएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो । सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।