भारतले सूर्य अध्ययन गर्न पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो

काठमाण्डु टुडे २०८० पुष २१ गते १८:३१ मा प्रकाशित

एजेन्सी– भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा सफल अवतरण भएका छ । भारतले यस अधि ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।

‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १ आफ्नो गन्तव्यमा पुगेको छ । यसले हाम्रा वैज्ञानिकहरुको प्रयासले कठिन आन्तरिक अभियानलाई वास्ताविकतामा बदल्दैछ भन्ने देखाउने छ, ‘ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।’

यो भारतको पहिलो सूर्य मिसन हो । आदित्यको अर्थ संस्कृतमा सूर्य हो । एल १ अर्थचाहिँ पृथ्वी र सूर्यको यस्तो विन्दुको हो, जहाँ दुबै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । यहाँ रहेको वस्तुलाई दुबैले आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दैन ।

त्यही स्थानमा रहेर आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्ने छ । यसअघि अमेरिकी अन्तरीक्ष निकाय नासा र युरोपेली अन्तरीक्ष एजेन्सी ईएसएले पनि सौर्य मिसन पठाइसकेको छ । भारतीय अन्तरीक्ष यान कुल ७ वटा ‘पे लोड’ लिएर गएको छ । यसले फाटोस्फेयर र क्रोमोस्फेयर नामले चिनिने सूर्यको सबभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us