
काठमाण्डु, ४ पुस– आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बैठकले उखुको प्रतिक्विन्टल न्यूनतम खरिद मूल्य ६३५ रुपैयाँ तोकेको हो ।
यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने भएको छ । नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन ।
उनले भनीन्, ‘सरकार गठनको करिव एक वर्ष सामान्य समीक्षा, कामलाई गति दिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवको प्रस्तुती थियो ।’ मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने उनले जानकारी दिएकी छन ।