सेयर बजारमा उछाल आउने संकेत

काठमाण्डु टुडे २०८० पुष १ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, १ पुस– सेयर बजार मापक नेप्से परिसूचकले २ हजारको बिन्दु पार गरेको छ ।
साताको पहिलो कारोबार दिन २७।७५ अंकले बढेर नेप्से २०२२.३५ बिन्दुमा पुगेको छ । यो पछिल्लो तीन महिना यताकै उच्च वृद्धि हो ।

गत असोजमा बजार २ हजारभन्दा केही मुनि पुगेर करेक्सन भएको थियो । नेप्सेसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आइतबार पाँच अर्ब १५ करोड रूपैयाँको सेयर किनबेच भयो ।

गत असार यता कारोबार भएको यो रकम सबैभन्दा उच्च हो । १३ असारमा बजारमा ५ अर्ब ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार दुई सय ९५ वटा कम्पनीकाा सेयर कारोबार भएकोमा दुई सय २६ वटाको सेयर मूल्य बढेको छ । ७३ वटाको मूल्य घटेको छ ।

राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका आधारमा बाणिज्य बंकहरुले कर्जाको व्याजघर घटाएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको हो । बढ्दो बजारमा बैंकिङ समूहको सूचक ८ अंकले घटेको छ ।

जलविद्युत समूहको सूचक सर्वाधिक ५।५५ प्रतिशतले बढेकोछ । १२ कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । १२ मध्ये १० वटा जलविद्युत कम्पनी छन् ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सर्वाधिक २५ करोड रूपैयाँको कारोबार भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us