मूल्यवृद्धि २४ महिनायताकै कम

काठमाण्डु टुडे २०८० मंसिर २८ गते १९:१९ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेपालमा मूल्यवृद्धि पछिल्लो २४ महिनायताकै न्यून भएको छ ।

नेपाल राष्ट्रबैंकले जारी गरेको पछिल्लो आर्थिक प्रतिवेदनमा उल्लेख तथ्यांकले समग्र वस्तुको मूल्य वृद्धिदर २४ महिना यताकै तल्लो बिन्दुमा झरेको देखाएको हो ।

बैंकका अनुसार गत कात्तिकमा मासिक मूल्य वृद्धिदर ५.३८ प्रतिशत छ । यसअघि उक्त दर २०७८ असोजमा ४.२४ प्रतिशत थियो । त्यसयताको हरेक महिनामा मूल्वृद्धि उकालो लागेको देखिन्छ ।

२०७९ भदौमा मूल्यवृद्धि ८.६४ प्रतिशत थियो । चालु आर्थिक वर्षको साउनमा ७.२, भदौमा ८.१९ र असोजमा ७.५० प्रतिशतले मूल्यवृद्धि भएको थियो । । तर २०८० कात्तिकमा औसत मूल्य वृद्धि ५.३८ प्रतिशत छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो झण्डै तीन प्रतशितले कमी हो । पछिल्लो २४ महिनामा भएको वृद्धिको अनुपातमा यो सबैभन्दा तल्लो बिन्दु हो ।

२४ महिनायताकै न्यून बिन्दुमा मूल्य वृद्धि सीमित भए पनि वार्षिक औसत मूल्य वृद्धिदर भने ७.११ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सरकारले आलु आर्थिक वर्षमा मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us