सेयर बजारमा ६.५५ अंकको वृद्धि

काठमाण्डु टुडे २०८० मंसिर २८ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ६.५५ अंकले बढेको छ ।

तीव्र उतारचढावबीच नेप्से ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा कारोबार बन्द भएको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२६ प्रतिशतले बढेको छ ।

९५ लाख ३५ हजार ७८६ कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँमा खरिदबिक्री भए । बजार बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । साताको पहिलो कारोबार दिन सात मिनेटमा तीन पटक सर्किट ब्रेक लाग्दा ६ प्रतिशतले बजार बढेको थियो ।

बिहीबार ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बोटलर्स नेपाल,नेपाल हाइड्रो डेभलपमेन्ट,नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स,मिड सोल हाइड्रोपावरलगायत ८ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभमा कारोबार भएको हो । गुराँस लघुवित्तीय वित्तीय संस्थाका लगानीकर्ताले सर्बाधिक ४.९८ प्रतिशत गुमाए ।
कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्षस्थानमा रहयो ।

उक्त कम्पनीको १५ करोड मूल्य बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटा सूचकको मूल्य बढ्यो भने पाँचवटाको मूल्य घट्यो । १ सय ४० कम्पनीको मूल्य बढ्दा ९१ वटाको घट्नुका साथै १० वटाको मूल्य स्थिर रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us