दुई हजार अंकमाथि पुगेको नेप्से अन्तिममा झर्‍यो

काठमाण्डु टुडे २०८० मंसिर २७ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– अन्तिमसम्म वृद्धि निरन्तरता नभएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.६o अंकको वृद्धिसँगै रोकिएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक २ हजारको विन्दुमा पुगेको थियो ।

तर, अन्तिम समयमा निरन्तर खुम्चिँदै जम्मा २ अंकको वृद्धिसँगै बन्द भएको छ । यसक्रममा आज बुधबार १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०० कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य स्थिर कायम भएको छ ।

आज ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यसबाहेक, अन्य ४ कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । परिसूचक सामान्य अंकले बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ । होटल र टुरिजम, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेकका समूहमा भने वृद्धि देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us