२ हजार अंकमा उक्लियो नेप्से सूचक

काठमाण्डु टुडे २०८० मंसिर २७ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– धेरै समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा पुगेको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत भएको हो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ ।

योसँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अंकमाथिको वृद्धि गर्दै २ हजार अंक माथिको विन्दुमा पुगेको हो । मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अंकको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अंकको करेक्सन भएको थियो ।

त्यसयता मङ्गलवार पुनः ३६ अंकमाथिले बढेको नेप्से सूचक बुधवार ९समाचार तयार पार्दासम्म० थप २४ अंकले बढ्दै २००९ अंकमा उक्लिएको छ । यस्तै यता कारोबार समेत १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ माथि भइसकेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us