हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलर

काठमाण्डु टुडे २०८० मंसिर २६ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– आज (मंगलबार) अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।आज एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर १५ गते पनि यहि बिन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो । राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९८ पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रूपैयाँ २३ पैसा तोकिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७१ पैसा पाइन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us