ध्रुबे हात्तीको दाह्रा काटियो, जोडियो स्याटलाइट कलर

काठमाण्डु टुडे २०८० मंसिर २५ गते १८:२० मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको ध्रुबेहातीको शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ ।

सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले हानेको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारी जानकारी दिएका छन ।

बेहोस भएपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उनले जानकारी दिएका छन । ध्रुबेले दसैंअघिबाट माडी र जगतपुर क्षेत्रमा बस्ती पसेर दुस्ख दिइराखेको थियो।

स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कुन क्षेत्रमा छ भन्नेकुरा थाहा पाउन सकिन्छ। बस्तीतिर पस्न लागेको अवस्थामा तत्काल नियन्त्रण गर्न सकिन्छ। ध्रुबेलाई स्याटलाइट कलर जोडिएको यो पहिलो पटक भने होइन।

२०६९ मंसिर ६ मा उसलाई पहिलो पटक स्याटलाइट कलर जोडिएको थियो। त्यतिखेर उसले निकुञ्ज आसपासका क्षेत्रमा आतंक मच्याएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us