सेयर बजारमा तीव्र उतारचढाव, एक घण्टामै २ अर्ब नाघ्यो कारोबार

काठमाण्डु टुडे २०८० मंसिर २५ गते १२:३० मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– साताको पहिलो दिन हिजो आइतबार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार आज भने तीव्र उतारचढाव देखिएको छ । १०:३० बजे खुलेको प्रि–ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्‍यो । अर्को ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ ।

१२ बजेसम्म २ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो । १२ बजेसम्म बैंकिङ १.१, विकास बैंक १.७, फाइनान्स १.१, होटल तथा पर्यटन १, जलविद्युत् १.५, जीवन बीमा ०.८, अन्य समूह ०.९ प्रतिशतले घटेका छन् । व्यापार र उत्पादन समूह केही बढेको देखीन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us