सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाण्डु टुडे २०८० मंसिर १७ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– आज आइतबार नेपाली बजारमा सुनचादीँको मुल्य बढ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ ।

महासंघले आज १ हजार ८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको जानकारी दिएको छ । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज १ हजार ८ सयले बढेर प्रतितोला १ लाख २० हजार ८ सय पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला१ लाख २० हजार २ सय रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us