
काठमाण्डु, १० मंसिर– काठमाण्डु महानगरपमलिकाले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासिकमा २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ ।
साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेले जानकारी दिएका छन । काठमाण्डु महानगरको चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको छ ।
गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।