सुन चाँदीको मूल्य बढ्यो

काठमाण्डु टुडे २०८० मंसिर १० गते १२:४९ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४ ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us