दुर्गा प्रसाईंको अराजक अभिव्यक्तिको असर सेयर बजारमा

काठमाण्डु टुडे २०८० मंसिर ५ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– सेयर बजार मापक नेप्सेमा मंगलबार उच्च गिरावट भएको छ ।

मंगलबार नेप्से २३.८२ अंकले घटेर १ हजार ८ सय २९ बिन्दुमा झरेको हो । यसअघि मंगलबार नेप्सेमा १ अंकको वृद्धि भएको थियो ।

अधिकांश बाणिज्य बैंकले व्याजदर घटाएकाले तिहारलगत्तै लगानीकर्ता सेयर बजार उकालो लाग्ने आशमा थिए । बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएकामा मंगलबार ९५ करोड ४ लाख मात्र कारोबार भयो । कारोबारमा आएकामध्ये कुल २ सय १ घट्दा ३१ कम्पनीको बढेको छ । माइक्रोफाइनान्स र उत्पादन उपसमूहका सेयर सर्वाधिक घटेका छन् ।
वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंकले घटेका छन् ।

मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा सर्वाधिक ८।१ प्रतिशत बढ्यो भने माथिल्लो मैलुङखोला जलविद्युत आयोजवनाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, सोनापुर सिमेन्ट र शिवम् सिमेन्ट अगाडि रहे । बजार घटे पनि बिहीबार दुर्गा प्रसाईं समूह र एमाले युवा संघले गर्ने भनेको प्रदर्शनका कारण बजार घटेको अनुमान गरिएको छ ।

प्रदर्शनका कारण लगानीकर्तामा त्रास सिर्जना हुँदा बजार घटेको हो । यसअघि पनि यस्ता आन्दोलन र प्रदर्शनका बेला सेयर बजार ओरालो लाग्ने गरेको इतिहास छ । प्रसाईंले बैंक तथा बित्तिय संस्थाको अशण नर्तिन सर्वसाधारणलाई उक्साउँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि भन्दै सोमबार बोलाएको सरोकारवालाहरुको छलफलमा पनि बैंक तथा बित्तिय संस्था केन्द्रित प्रसाईंका अराजक अभिव्यक्तिको असर अर्थतन्त्रमा परेको विषय उठेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us