काठमाण्डुमा नक्कली नोटको कारोबार गर्ने दुई महिला पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर ५ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– नक्कली नोटसहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे छन् । उनीहरुलाई सोमबार राति काठमाण्डुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार सिर्जनाको साथबाट १ हजार दरका १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरका २१ थान नक्कली नोट बरामद भएको छ ।

उनीहरुले नक्कली नोट कारोबार गर्ने गरेको सूचनाको आधारमा साँखु र पकपन प्रहरी प्रभागको टोलीले थापालाई शंखरापुर नगरपालिका–७ कोलागाल र घिमिरेलाई बुढानिलकण्ठ–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट पक्राउ गरिएको काठमाण्डु प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us