च्याट जिपीटी बनाउने ओपनआईका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

काठमाण्डु टुडे २०८० मंसिर २ गते १३:०७ मा प्रकाशित

एजेन्सी– चर्चित आर्टिसियल इन्टेलिजेन्स प्लाटफर्म, च्याटजीपीटी निर्माता ओपनएआई कम्पनीका सीईओ साम अल्टम्यान पदबाट बर्खास्त भएका छन ।

अल्टम्यान बोर्ड सदस्यहरूसँग प्रभावकारी सञ्चार सम्बन्ध राख्न असफल भएको भन्दै उनलाई ओपेनएआईको बोर्ड बैठकले सो पदबाट हटाएको जानकारी दिएको छ ।बोर्डले बैठकपछि जारी गरेको एक वक्त्तव्यमा अल्टम्यानलाई उनको योगदानको लागि कृतज्ञ रहेको तर हालको लागि नयाँ नेतृत्वको आवश्यकता महसुस भएकोले यो निर्णय लिइएको उल्लेख गरीएको छ ।

कम्पनीले भनेको छ, ‘ओपनएआईलाई नेतृत्व गरिरहने उनको क्षमताप्रति बोर्डलाई भरोसा नरहेको देखिन्छ ‘पछिल्लो समयमा गरिएको मूल्यांकनमा उनले बोर्ड सदस्यहरूसँग आवश्यक सञ्चार नगरेको र बोर्डलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नबाटसमेत रोक्न खोजेको देखिन्छ ।’

अल्टम्यानले सीईओका रूपमा कम्पनीमा रहँदाको क्षण प्रिय रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ‘यो समय व्यक्त्तीगत रूपमा मेरो लागि रुपान्तरणकारी थियो र लाग्छ विश्वका लागि पनि यस्तै थियो,’ उनले लेखेका छन्, ‘प्रतिभाशाली व्यक्त्तिहरूसँग काम गर्न मलाई सबैभन्दा बढी मनपर्‍यो । यसपछि के भन्नेबारे आगामी दिनमा बताउनेछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us