टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

काठमाण्डु टुडे २०८० मंसिर १ गते १३:१६ मा प्रकाशित

 

काठमाण्डु, १ मंसिर– आगामी सोमबार टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्च प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर का लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने सर्वाेच्चले जानकारी दिएको छ ।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us