
काठमाण्डु,२६ कातिक– कास्की प्रहरीले पोखरामा टिकटक लाइभमा बसेर पटकाको मार्केटिङ गरेको थाहा पाएपछि ठुलो परिमाणमा पटका तथा आतिसबाजी बरामद गरेको छ ।
पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा समातिएको प्रहरीले बताएको छ । गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
उता ठाउँ ठाउँमा खेलाइएको लङ्गुर बुर्जा उर्फ खोरखोरे पनि बरामद भएको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन ।
२ लाख भन्दा बढी मूल्यका १८ थरीका पटका बरामद गरेर नष्ट गरिएको उनको भनाई छ ।