प्रतितोला एक हजारले रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०८० कार्तिक २६ गते १२:०० मा प्रकाशित

काठमाण्डु,२६ कातिक– आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा र तेजावी सुनको मुल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us