

काठमाण्डु, २५ कातिक– नेपाल टेलिकमको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कूल आय ३९ करोड रुपैयाँले कमी भएको छ ।
टेलिकमको प्रथम त्रैमासको वित्तीय रिपोर्टअनुसार गत वर्षको यही अवधिको तुलनामा टेलिकमको कूल आय ३.५४ प्रतिशते कमी आएको छ ।
कम्पनीले गत आर्थिक वर्षको असोज महिनासम्मको अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो ।
जुन, यो वर्षको पहिलो त्रैमासमा १० करोड ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँमा सीमित छ ।
यस्तै, चालू वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रुपैयाँ कम हो । यसैगरी, नेपाल टेलिकमले चालू वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँको तुलनामा १९ करोड ८० लाख ७४ हजार कम हो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रुपैयाँ रहेको टेलीकमले जानकारी दिएको छ ।