विदेश जाने विद्यार्थीसँगै ३ महिनामा बाहिरियो ३३ अर्ब, गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– नेपालबाट उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष आ.व २०८०र८१ को पछिल्लो तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।

असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांमा उल्लेख गरीएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो ।

सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको बैंकले जानकारी दिएको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

यो गत आवको तुलनामा ५१।३ प्रतिशत धेरै हो । पर्यटक आगमनमा भएको वृद्धिसँगै भ्रमण आयसमेत बढेको छ । अघिल्लो आवको तीन महिनामा भ्रमण आय ११ अर्ब २४ करोड रुपैयाँ मात्र थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us