सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाण्डु टुडे २०८० कार्तिक २३ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २३ कातिक– साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले गिरावट भएको छ ।

अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंकले गिरावट भएको हो । सो अंकको गिरावटपछि नेप्से १८.५२ विन्दुमा कायम भएको हो । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।

बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भयो ।

कुल ५७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ५ को स्थिर रह्यो । बिहीबार कुनै पनि क्षेत्रका सूचक हरियो हुन सकेन ।

सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ २, विकास बैंक १५, फाइनान्स २१, होटल तथा पर्यटन ३९, जलविद्युत् १६, जीवन बीमा १०१, उत्पादन १२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३९, अन्य २२ र ब्यापार उपसमूह ३ अंक घटे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us