
काठमाण्डु, २३ कातिक– आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।