लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २२ कातिक– पछिल्ला तीन दिन यता सेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो ।

५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ । कारोबार रकम भने घटेको छ ।

मंगलबार ९९ करोडको सेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो । कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रहेको छ ।

बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे । निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंकले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us