
काठमाण्डु, १६ कात्तिक– धितोपत्र बोर्डले साधारण सेयर निष्काशन प्रक्रिया रोकेको छ ।
बजारमा मागको तुलनामा आपूर्ति बढी हुँदा सेयर बजार निरन्तर ओरालो लागेको भन्ने लगानीकर्ताको गुनासोबीच मोर्डले तत्कालका लागि सार्वजनिक निष्कासनको स्वीकृति रोक्ने निर्णय गरेको हो ।
यसअघि बोर्ड अध्यक्षको तबबिजतमा सार्वजनिक निष्काशनको अनुमति दिने गरिएकमा अब उक्त निर्णय सञ्चालक समितिले मात्र गर्ने सक्ने गरी नयाँ व्यवस्था लागू गर्न लागिएको छ ।
आईपीओ, हकप्रद र एफपीओजस्ता सार्वजनिक निष्कासनको स्वीकृति रोकिएको बोर्डले जनाएको छ । धितोपत्र बोर्डमा साढे १७ अर्ब मूल्यका २० कम्पनीको सार्वजनिक निष्काशनको स्वीकृतिका लागि कुरिरहेका छन् ।