

काठमाण्डू, १४ कात्तिक–नेपाल आयल निगमले डिजेल रमट्टितेलको मूल्य घटाएको छ ।
मंगलबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
बुधबार बिहानदेखि पहिलो वर्गको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायमगरिएको निगमद्वारा जारी सूचनामा उल्लेख छ ।
पेट्रोलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ ५१ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धिभएको पनि निगमले जनाएको छ ।