

काठमाण्डौं, १३ कात्तिक– डिशहोम फाइबरनेटले बडादसैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरको अवधि थप गरेको छ ।
डिशहोमले आफ्ना ग्राहक वर्गका लागि एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर लिन पाउने अफर ल्याएको थियो । ग्राहकले अत्याधिक रुचाएपछि उक्त अफरलाई तिहार र छठसम्मका लागि निरन्तरता दिइएको डिशहोमले जनाएको छ । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सकिने छ ।
जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने कम्पनीले जनाएको छ ।
उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ ।
थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।