
काठमाण्डु, १२ कात्तिक– सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर दोश्रो बजारमा कारोबार सुरु भएकै दिन ओरालो लागेको छ ।
२ असोजमा नेप्सेमा सुचीकृत भएपछि कम्पनीको पहिलो कारोबार आइतबारदेखि सुरु भएको हो । कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित २ सय ३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।
पहिलो कारोबारका लागि दोस्रो बजारमा १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसा ओपनिङ रेञ्ज तोकिएको थियो ।
स्पेशल प्रिओपनिङ सेसनमा ३ सय ५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँमा झरेको छ ।