

काठमाण्डू, ८ कात्तिक–एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ ।उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । श्रेष्ठको बुधबार अन्त्येष्टि गरिएको छ । उनकैयोजनामा एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि (वुडन क्रिमेटरी) मा अन्त्येष्टि गरिएको बैंक स्रोतलेजनाएको छ । श्रेष्ठ २६ वर्षदेखि एभरेष्ट बैंकका अध्यक्ष थिए । अन्तिमपटक गत असोज ३० गते सम्पन्न बैंकको २९औं वार्षिक साधारणसभाले पनि श्रेष्ठलाई अध्यक्ष चुनेको थियो ।
ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबीए गरेका थिए ।