

काठमाण्डु, २ कात्तिक– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ ।
नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से ४.०५ अंकले घटेको हो । बुधबार नेप्सेमा ४३.२७ अंकले वृद्धि भएको थियो ।
नेप्से घटेपनि कारोबार रकम भने केह बढेकोछ । अघिल्लो कारोबार दिन बुधबार ९३ करोड बराबर सेयर कारोबार भए पनि बिहीबार ९७ करोडको कारोबार भएको हो ।
२८४ कम्पनीको ३७ लाख ६६ हजार १५३ कित्ता सेयर २५ हजार ५२० पटक खरिदबिक्री हुँदा ९७ करोड ६ लाख १२ हजार ८९२ रुपैयाँ कारोबार भयो ।
१५० स्टकको मूल्य घट्दा ८० को भने सामान्य अंकले बढेको छ । ४ उपसमूहमा बढेको छ भने ९ उपसमूहका सूचक ओरालो लागेका छन् । सिटीजन म्युचुअल फण्ड–२ को सेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशतले वृद्धि भयो ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य सर्वाधिक ८.२५ प्रतिशतले घट्यो ।