

काठमाण्डु, ३० असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
मंगलबार नेप्से १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको हो ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै त्यसको सकारात्मक असर सेयर बजारमा परेको हो ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार कारोबार १ अर्ब ८४ लाख ३७ हजार ८ सय ६० रुपैयाँमा सीमित भयो ।
२ सय ८९ वटा धितोपत्रको ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर किनबेच भयो ।
एनआइबिएल प्रगति फण्डको इकाइ मूल्य सर्वाधिक ७.३५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रुपैयाँ २० पैसा पुगेको छ ।
स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ६।९१ प्रतिशतले बढेको छ ।